Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

इतिहासको रथ पछाडि फर्किदैन्, निरंकुश शासन सहन सकिदैन् : माधव नेपाल

इतिहासको रथ पछाडि फर्किदैन्, निरंकुश शासन सहन सकिदैन् : माधव नेपाल

  • 107
    SHARES
  • इतिहासको रथ पछाडि फर्किदैन्, निरंकुश शासन सहन सकिदैन् : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन् ।

    सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए ।

    उनले भने, ‘सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन् । प्रगती, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो । यो राजाबाट सम्भव छैन् । इतिहासले यो कुरा भनि सकेको छ । फेरि त्यो निरङ्कुश शासनमा जनता जादैँन् ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij