Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

अमेरिकी नागरिकको औसत आयु २ वर्ष घट्यो 

अमेरिकी नागरिकको औसत आयु २ वर्ष घट्यो 

  • 807
    SHARES
  • अमेरिकी नागरिकको औसत आयु २ वर्ष घट्यो 

    वाशिंटन । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित एक अनुसन्धान रिपोर्टले अमेरिकीहरुको औसत आयु २ वर्ष घटेको बताएको छ । सन् २०१८ देखि २०२० को अन्तरमा अमेरिकीको औसत आयु घटेको हो ।

    images

    कोरोना भाइरसको महामारीका कारण यस्तो अवस्था देखिएको बताइएको छ । यसबाहेक श्वेत अमेरिकीको तुलनामा अश्वेत एवं दक्षिण अमेरिकी नागरिकको आयुमा धेरै गिरावट देखिएको छ ।  

    रिपोर्टअनुसार सन् २०१८ मा अमेरिकीको औसत आयु ७९ वर्ष थियो । सन् २०२० मा यो घटेर ७६ दशमलव ९ वर्ष भएको छ । यो अध्ययन नेसनल सेन्टर फर हेल्थ स्टेटिस्टिक्सको तथ्यांकमा आधारित छ ।

    अध्ययनका लेखक प्रोफेसर स्टिभन वुल्फका अनुसार दोस्रो विश्वयुद्ध पछि अमेरिकीको आयुमा पहिलोपटक यति ठूलो गिरावट आएको हो । अमेरिकामा कोरोना भाइरसबाट ६ लाखभन्दा धेरैको मृत्यु भएको छ । जसको असर औसत उमेरमा परेको छ ।

    महामारीका कारण हेल्थ केयर सुविधा र दीर्घ बिरामीको व्यवस्थापनमा समस्या हुनु, मानसिक समस्या देखिएका व्यक्तिका लागि स्वास्थ्य सुविधाको अभाव हुनु, स्वास्थ्य सुविधासम्म पुग्न महामारीले अवरोध सिर्जना गर्नुलगायतका कारणले गर्दा त्यहाँका मानिसको आयु घटेको हो । 

    अध्ययनका अनुसार अश्वेत अमेरिकीको मृत्युदर श्वेतहरुको तुलनामा दुई गुणा बढी छ । अफ्रिकी अमेरिकीहरुको औसत उमेर ३ दशमलव ३ वर्षसम्म घटेको छ ।

    दक्षिण अमेरिकीहरुको ३ दशमलव ९ वर्ष आयु घटेको छ । अमेरिकाबाहेक अष्ट्रिया, फिनल्यान्ड, फ्रान्स, इजरायल, नेदरल्यान्ड र बेलायतमा पनि ० दशमलव २२ वर्ष औसत आयु घटेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology