Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

असमान सन्धि सम्झौता खारेजीको माग गर्दै विप्लवनिकट अखिल क्रान्तिकारीले गर्यो प्रर्दशन

असमान सन्धि सम्झौता खारेजीको माग गर्दै विप्लवनिकट अखिल क्रान्तिकारीले गर्यो प्रर्दशन

  • 1.5K
    SHARES
  • असमान सन्धि सम्झौता खारेजीको माग गर्दै विप्लवनिकट अखिल क्रान्तिकारीले गर्यो प्रर्दशन

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विदेशी हस्तक्षेपका विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।

    बिहीबार काठमाडौंको माइतिघरमा क्रान्तिकारीले विदेशी हस्तक्षेपका विरुद्ध र राष्ट्रिय स्वाधिनताको पक्षका प्रदर्शन गरेका हुन् ।

    उनीहरुले अमेरिकी पूर्वाधार सहयोग एमसीसी खारेज गर्नुपर्ने, सबैखाले वैदेशिक हस्तक्षेप बन्द गर्नुपर्ने, सबै असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने माग अघि सारेका छन् ।

    अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले नयाँ सरकार बनेपछि बैदेशीक हस्तक्षेप हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको बताए ।

    प्रदर्शनमा सहभागीहरुले निःशुल्क वैज्ञानिक समाजवादी शिक्षा प्रणाली अपनाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij