वेबटिभी खबर
सुर्खेत । सुर्खेत बराहतालमा सेनाको स्वास्थ्य शिविरमा चार सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । सुर्खेतको पश्चिम रानीघाटमा नेपाली सेनाको कालीबहादुर गणले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरबाट बराहताल गाउँपालिका वडा नं १ र २ का नागरिकहरुले सेवा लिएका हुन् ।
शिविरमै ७२ जनाको भिडियो एक्स–रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए । शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। ललितजंग शाही, बालरोग विशेषज्ञ डा त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा।सचित थापा र अभिनाष बस्नेतले सेवा दिएका थिए ।
यस्तै शिविरमा सुर्खेत आँखा अस्पतालका निर्देशक डा मन्जु पन्त र नेत्र सहायक बविता पुनले आँखा सम्बन्धी उपचार सेवा दिएका थिए । शिविरमा प्रसूति तथा स्त्री रोग, आँखा सम्बन्धी समस्या, बालरोग सम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधी उपचार गरिएको छ ।
कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा ललितजंग शाहीले शिविरमा पुगेका अधिकांश महिलाहरुको पाठेघरमा मुखको संक्रमण बढी देखिएको बताए ।महिनावारीमा अत्याधिक रगत बग्ने र पाठेघर खसेका महिलाहरुले सेवा लिएको उनको भनाइ छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij