Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगलागी, १० लाख बराबरको क्षती

रौतहटको दुई छुट्टाछुटै स्थानमा आगलागी, १० लाख बराबरको क्षती

  • 172
    SHARES
  • रौतहटको दुई छुट्टाछुटै स्थानमा आगलागी, १० लाख बराबरको क्षती

    रौतहट । रौतहटको दुई छुट्टाछुटै स्थानमाभएको आगलागीमा १० लाख ३८ हजार बराबरको क्षती भएको छ । गरुडानगरपालिका–५  मा रहेको ठाकुर ग्रिलउद्योगमा सोमबार बेलुकाकरिब ९ बजे तिर आगलागी भएको हो ।

    आगलागीको घटनाकाबारेमा जानकारी पाउनका साथ ईलाकाप्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओम प्रकाश यादवको नेतृत्वको टोलि खटिएको थियो ।सुरक्षाकर्मी, स्थानियबासी र  वरुणयन्त्र (दमकल ) सहयोगमा आगो करीब एक घण्टा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए ।

    उनका अनुसार बिद्युततार सर्ट भएर आगोलागी भएको अनुमान गरिएको छ । आगोलागीबाट उद्योगमा रहेको टायर, वल्डिङ मेसिन ,मर्मतका लागी राखिएको ट्याक्टर लगायत जलेर क्षती पुगेको उनले जानकारी दिए । आगोलागीबाट कुनै प्रकारको मानवीय क्षती नभएको उनको भनाइ छ ।

    आगोलागीमा १० लाख बराबरको क्षती भएको प्रहरीले जानकारी दिएको छ । यस्तै इशनाथनगरपालिका ६ जयनगर बस्ने शेख वसिर अख्तरको पक्की घरको एक कोठामा आगोलागी भएको रौतहट प्रहरीले जनाएको छ । आगोलागीबाट कोठामा रहेका टिभी, पलङ र साइकल लगायत जलेर क्षती भएको प्रहरीको भनाइ छ । घरको कोठामा मात्र आगोलागी भएकाले करीब ३८ हजार बराबरको क्षती भएको जिल्लाप्रहरी कार्यलय रौतहटले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij