Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कर्मचारी हाजिर गर्न जाँदा देखियाे  काठमाडौं महानगर भित्रको विवाद सतहमा

कर्मचारी हाजिर गर्न जाँदा देखियाे  काठमाडौं महानगर भित्रको विवाद सतहमा

  • 199
    SHARES
  • कर्मचारी हाजिर गर्न जाँदा देखियाे  काठमाडौं महानगर भित्रको विवाद सतहमा

    काठमाडौं । प्रमुख प्रशासकीय अधिकृत हाजिरी प्रकरणले काठमाडौं महानगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र कर्मचारीबीचको विवाद सतहमा देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं विहीबार कार्यालय प्रवेशका क्रममा देखिएको दृश्यले यसलाई पुष्टि गरेको छ । 

    तीन महिना १४ दिनपछि कार्यालय फर्केका गुरागाईंलाई मेयर बालेन्द्र साहले नगर प्रहरी परिचालन गरेर रोक्न खोजेपनि उपमेयर सुनिता डंगोल, कर्मचारी र वडाध्यक्षहरूको सहायतामा हाजिरी गराइएको छ । 

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामा हाजिर गर्ने वातावरण बनाइदिन पत्र पठाएको ठ्याक्कै एक महिनापछि विहीबार उनी महानगरपालिका पुगेका हुन् ।

    गुरागाईं कार्यालय पुग्दा मेयर साहले गुरागाईंलाई रोक्नको लागि नगरप्रहरी परिचालन गरेका थिए भने उनको कार्यकक्ष ताल्चा पनि लगाइ दिएका थिए । 

    सोही क्रममा कर्मचारी र नगर प्रहरीबीच नै मुठभेड पनि भएको थियो । उपप्रमुख डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले उनलाई स्वागत गरेका थिए ।
    प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा प्रवेश गर्न खोज्दा केहीबेर ठेलमठेल भएको थियो । कार्यकक्षमा लगाइएको ताला फुटाउन खोज्दा नगर प्रहरीले अवरोध गरेका थिए ।

    वडाध्यक्ष र प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई नगरप्रहरीलाई रोकेपछि बोर्ड बैठक हलमा उपप्रमुख डंगोल, वडाध्यक्षहरू सहित कर्मचारी बैठक बसेका थिए । अनौपचारिक बैठकमा डंगोलले मेयर साहको आलोचना गरेकी थिइन् । उनले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन आग्रह समेत गरिन् ।

    डंगोल, वडाध्यक्ष, वडा सदस्य र कर्मचारीको साथ पाएपछि गुरागाईं हाजिर गरेर मन्त्रालय आएका थिए । मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका कर्मचारीले ३ महिनादेखि तलबभत्ता लिन नपाएको गुनासो गरेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij