Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्थ समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस

अर्थ समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस

  • 143
    SHARES
  • अर्थ समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस

    काठमाडौं । शुक्रबार बसेको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गरिएको छ । बैठकमा अर्थ मन्त्रालयसँग बजेटका सम्बन्धमा छलफल भएको हो ।

    छलफलमा बोल्दै  पूर्वअर्थमन्त्री डा प्रकाश शरण महतले वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्ने कुरा विश्वास गर्ने कसरी भन्दै प्रश्न गरे । उनले विदेशी अनुदान नै २२‍.९ प्रतिशतले बढाउने भनेपनि हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गर्न नसकेकाले असम्भव जस्तै भएको बताए ।

    महतले भने, ‘अनुदान नै २२.९ प्रतिशतले बढाउने भन्या छौं । वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्या छौं । जब की हामीले हिजो त्यो अनुसारको प्रतिफल प्राप्त गरेकै छैनौं । अब यत्रो ठूलो वृद्धि हुन्छ भनेर विश्वास गर्ने कसरी ? यो सम्भव नै छैन ।’ साथै उनले अहिले जुन अन्तर्राष्ट्रिय परिवेश छ त्यसले अर्थतन्त्रमा थप जटिलता थपेको बताए ।

    उनले १९ खर्व प्लसको बजेट प्रस्तुत गरिएको छ त्यो विदेशी सहयोग यत्रो ठूलो मात्रामा बढ्ने कुनै सम्भावना नरहेको जानकारी दिए । ‘वैदेशिक अनुदान नै २२.९ प्रतिशत बढ्छ भनेर अहिले जुन बजेट प्रस्ताव गर्नु भएको छ । १९ खर्व प्लसको बजेट प्रस्तुत गर्नु भएको छ । अब राजश्व चाँही १०.३ प्रतिशत र आन्तरिक ऋण ८.३ प्रतिशतले बढाउने भन्नु भएको छ । अब विदेशी सहयोग यत्रो ठूलो मात्रामा बढ्ने कुनै सम्भावना छैन,’ महतले भने । छलफलमा पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सांसद ज्ञानेन्द्र शाही, सूर्य बहादुर थापालगायतले धारणा राखेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij