वेबटिभी खबर
सर्लाही । भर्खरै सम्पन्न भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित तथा स्वच्छ रुपमा संचालन गर्ने सर्लाहीका ५ परीक्षा केन्द्र र केन्द्राध्यक्षलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरिएको छ ।
जिल्ला परीक्षा समन्वय समिति सर्लाहीले अरु केन्द्रा भन्दा तुलनात्मक रुपमा मर्यादित तथा स्वच्छ रुपमा परीक्षा संचालन गर्ने केन्द्र र केन्द्राध्यक्षलाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिएका छन् ।
परीक्षा समन्वय समिति सर्लाहीको बैठकले महेन्द्ररत्न जगन्नाथ लक्ष्मीनियाँ नमूना माध्यमिक विद्यालय बरहथवा नगरपालिका–१० मुर्तिया सितापुर र केन्द्राध्यक्ष भरत महतो, जनता नमूना माध्यमिक विद्यालय बागमती नगरपालिका–५ सोल्टीबजार र केन्द्राध्यक्ष लोकनाथ दाहाल, जनता नमूना माध्यमिक विद्यालय बलरा नगरपालिका–८ गडहिया डुमरिया र केन्द्राध्यक्ष प्रमोद यादव, जलधर कमलदेव नमूना माध्यमिक विद्यालय ब्रहमपुरी गाउँपालिका–१ र केन्द्राध्यक्ष विनिता कुमारी साह, जनज्योति नमूना माध्यमिक विद्यालय लालबन्दी नगरपालिका–९ र केन्द्राध्यक्ष विष्णु बहादुर पोखरेललाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको कुशवाहाले बताएका छन् । केन्द्राध्यक्षहरु सोही विद्यालयका प्रधानाध्यपक हुन । जिल्लामा एसईई परीक्षा संचालन गर्नका लागि ३८ वटा केन्द्र तोकिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij