Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

पूर्णबहादुर खड्काले पाए सरकारलाई सघाउन गठित कार्यदलको नेतृत्व, कार्यदलमा को–को छन्?

पूर्णबहादुर खड्काले पाए सरकारलाई सघाउन गठित कार्यदलको नेतृत्व, कार्यदलमा को–को छन्?

  • श्रावण ८, २०७८ शुक्रवार ०९:२८ बजे
  • 2.6K
    SHARES
  • पूर्णबहादुर खड्काले पाए सरकारलाई सघाउन गठित कार्यदलको नेतृत्व, कार्यदलमा को–को छन्?

    काठमाडौं– सरकारलाई सघाउन सत्तारुढ गठबन्धनले कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदल गठन गरिएको हो।

    कार्यदलले मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन सघाउने छ।  

    कार्यदलको नेतृत्व कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्। कार्यदलमा खड्कासहित, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् ।

    नेकपा एमाले पक्षका नेताहरुलाई पनि कार्यदलमा समेटिने बताइएको छ।  असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले साउन ३ गते संसदबाट विश्वासको मत समेत पाइसकेका छन्। 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology