Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

नवलपरासी पूर्वमा एक वर्षमा १३२ सवारी दुर्घटनामा पर्दा ४६ जनाको मृत्यु 

नवलपरासी पूर्वमा एक वर्षमा १३२ सवारी दुर्घटनामा पर्दा ४६ जनाको मृत्यु 

  • श्रावण ८, २०७८ शुक्रवार ०९:३४ बजे
  • 646
    SHARES
  • नवलपरासी पूर्वमा एक वर्षमा १३२ सवारी दुर्घटनामा पर्दा ४६ जनाको मृत्यु 

    नवलपरासी– नवलपुरमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ४६ जनाले ज्यान गुमाएका छन्। गत आर्थिक वर्ष २०७७–७८ मा भएको १३२ सवारी दुर्घटनामा परी उक्त संख्यामा ज्यान गुमाएका हुन्।

    images

    ज्यान गुमाउनेमा ४० जना पुरुष रहेका छन् भने महिला चार र ज्यान बालकको संख्या दुई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्यांकमा उल्लेख छ।

    दुर्घटनामा परी गम्भीर घाइते हुनेमा १३५ जना छन्। गम्भीर घाइते हुने पुरुष १००, महिला २०, बालक आठ र बालिका सात रहेका छन्। यसैगरी सामान्य घाइते हुनेको संख्या ८५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

    गत वर्ष ८६ वटा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडूले जानकारी दिए। त्यसपछि जिप–कार २६, ट्रक–ट्याङ्कर २३, ट्र्याक्टर १५, बस १३, टेम्पो १०, साना सवारी आठ, टिपर पाँच, माइक्रो तीन र अन्य एक गरेर गत वर्ष जिल्लामा १९० सवारी दुर्घटनामा परेको बडूले बताए।

    सबैभन्दा बढी दुर्घटनामा पर्ने मोटरसाइकल रहेको छ । दुर्घटना पर्नेमा अधिकांश पुरुष छन् भने त्यसमा पनि धेरैजसो युवाले ज्यान गुमाएका छन्। 
     

     

  • सम्बन्धित विषय:

  • # सवारी दुर्घटना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology