एजेन्सी
नयाँ दिल्ली । भारतको उत्तरप्रदेश राज्यको फतेहपुरमा मंगलबार बिहान गोली हानेर एकै परिवारका तीन जनाको हत्या गरिएको छ ।
मोटरसाइकलमा जाँदै गरेका त्यहाँका ग्रामपञ्चायत अध्यक्षका दुई छोरा र एक नातिको हत्या भएको हाे । किसान नेता ५० वर्षीय पप्पु सिंह, उनका छोरा २२ वर्षीय अभय सिंह र पप्पुका भाइ ४० वर्षीय अभय सिंहको हत्या भएकाे हाे ।
मोटरसाइकलमा जाँदै गरेका उनीहरू माथि ताहिरापुर चोक नजिकै ट्याक्टरमा आएका आक्रमणकारीले गोली हानी हत्या गरेको बताइएको छ । हत्या आरोप पूर्व गाउँ पञ्चायत अध्यक्ष मुन्नु सिंह र उनका सहयोगीहरू माथि लगाइएको छ । ठूलो हत्या काण्ड भएपछि आसपासका प्रहरी चौकीबाट थप प्रहरी टोली घटनास्थलमा झिकाइएको छ ।
किसान नेता पप्पु सिंहकी आमा रामदुलारी सिंह हाल ग्रामपञ्चायत अध्यक्ष छिन । पीडितको पक्षमा प्रदर्शनमा उत्रिएका गाउँलेहरूले प्रहरीलाई शव उठाउनबाट रोकेका छन् । घटनास्थलमा भेला भएका भीडले फरार हत्याका अभियुक्तलाई पक्राउ गरेपछि मात्र शव उठाउन दिने अडान राखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij