वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौंको सतुंगलबाट लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । बाराको सिम्रोनगढबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकामा मोरङ जिल्ला मिक्लाजुङ–८ घर भई काठमाडौं बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दिप सिंह र काठमाडौं महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् । उनीहरूकाे साथबाट लागूऔषधमा डाइजोपाम, नोफिन र फेनारगन बरामद भएकाे छ ।
नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij