Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विभिन्न स्थानबाट लागुऔषध सहित ८ जना पक्राउ

विभिन्न स्थानबाट लागुऔषध सहित ८ जना पक्राउ

  • 177
    SHARES
  • विभिन्न स्थानबाट लागुऔषध सहित ८ जना पक्राउ

    बिराटनगर । झापा, मोरङ, धनकुटा र उदयपुरबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    झापाको मेचिनगर नगरपालिका–६ स्थितमा झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारत वेष्ट बंगाल दार्जिलिङका ४१ बर्षीय राजेन बर्मनको साथबाट १ सय ४५ ग्राम ३ सय ३० मिलिग्राम ब्राउन सुगर फेला पारी  नियन्त्रणमा लिएको हो भने झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–४ का २८ बर्षीय भुवन न्यौपानेलाई निजकै घरबाट ब्राउन सुगर १  ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको हो ।

    त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१५ बाट सुनसरी धरान–८ का १९ बर्षीय समन न्यौपाने र १९ बर्षीय अभिषेक याख्खालाई १ ग्राम १५ मिलिग्राम ब्राउन सुगर सहित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरले पक्राउ गरेको हो ।

    त्यस्तै उदयपुरको बेलका नगरपालिका–९ बाट को ३९ प ५६४९ नम्बरको स्कुटर चालक बेलका–३ का २६ बर्षीय मुस्कान राई र पछाडी सवार २१ बर्षीय खम्ब बहादुर दाहाललाई ब्राउन सुगर १ ग्राम ३३८ मिलिग्राम सहित इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले नियन्त्रणमा लिएको हो ।

    त्यसैगरी धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले सहिदभुमी गाउँपालिका–७ की ४२ बर्षीया ईन्दिरा राई र ४९ बर्षीया सिता कार्कीलाई २० किलोग्राम गाँजा सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम बहादुर दाहालले जानकारी गराएका छन ।

  • सम्बन्धित विषय:

  • # लागुऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij