Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उच्च राखेको छ : राष्ट्रपति

नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उच्च राखेको छ : राष्ट्रपति

  • 177
    SHARES
  • नेपाली सेनाले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उच्च राखेको छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्ति प्रति सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको स्पष्ट पारेका छन् ।अन्समिल मिसन लिबियामा जाने श्री नयाँ भैरवीदल गुल्म सातौँ डफ्फाका सकल दर्जाको प्रि–डिप्लोयमेन्ट तालिम समापन समारोहलाई विहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै पौडेलले सो धारणा व्यक्त गरेका हुन् । 

    ‘आन्तरिक रुपमा पनि नेपाल र नेपाली जनताको स्वतन्त्रता, संवैधानिक व्यवस्था तथा शान्ति प्रति हाम्रो सेना र सुरक्षा निकायको प्रतिवद्धता रहेको छ भन्ने कुरा म ढुक्कले भन्न चाहन्छु’, राष्ट्रपति पौडेलले भने । 

    नेपाली सेनाले लामो समयदेखि संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यमा भाग लिँदै अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको छविलाई उच्च राख्दै आएको पनि उनले बताए । 

    राष्ट्रपति पौडेलले नेपाली सेना र सुरक्षा निकायलाई विश्वले ठूलो भरोसा गरेको भन्ने कुरा शान्ति सेनामा सबैभन्दा ठूलो हाम्रो उपस्थितिले स्पष्ट पारेको बताए । 

    नेपाली सेनाको उच्च अनुशासन, बफादारिता, कार्य दक्षता तथा शान्ति कार्यप्रतिको प्रतिबद्धताको कदरस्वरूप संयुक्त राष्ट्र संघले नेपाली सेनालाई विभिन्न मिसनमा सहभागी गराउन थालेको ६७ वर्ष पुरा भएको स्मरण गर्दै उनले हालसम्म नेपाली सेनाका करिव १ लाख ५८ हजार बढी शान्ति सैनिकले ४४ वटा संयुक्त राष्ट्रसंघका मिसनमा आफ्नो कार्य दक्षता प्रर्दशन गरिसक्नु खुसीको विषय भएको बताए । 

    हाल विभिन्न ११ मिसनमा करिव ६ हजार बढी शान्ति सैनिक कार्यरत रही नेपाल शान्ति सैनिक योगदान दिने मुलुकहरू मध्ये पहिलो स्थानमा रहेको तथ्यले गौरवान्वित बनाएको उनको भनाइ थियो ।  

    ‘सैनिक मात्र होइन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक हुनुहुन्छ तपाईंहरू, राष्ट्रसंघको मिसन क्षेत्रमा नेपाली सेनाले करिब छ दशकदेखि कायम गर्दै आएको वीरता र शान्ति स्थापनार्थ देखाएको प्रतिवद्धताको इतिहासलाई निरन्तरता दिँदै अगाडि बढाउनु हुनेछ र हाम्रो बहादुरी, सेवा र त्यागको परम्परालाई विश्वमै पहिचान गराउनु हुनेछ भन्ने कुरामा म विश्वस्त छु’, राष्ट्रपति पौडेलले भने । 

    पौडेलले नेपाल, नेपाली जनता र नेपाली सेनाको छविलाई सदैव उच्च राख्दै पेसेवर र अब्बल तरिकाले कार्य सम्पादन शुभकामना दिए । 

    सो क्रममा राष्ट्रपति पौडेलले मिसनमा सहभागि हुने टोलीले गरेको पूर्व तयारीसम्बन्धी प्रस्तुतीको अवलोकन गरेका थिए । त्यसैगरी शान्ति मिसन सम्बन्धी विभिन्न तालिमबारे राष्ट्रपति पौडेललाई जानकारी गराइएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij