Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्‍याइयो

दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्‍याइयो

  • 170
    SHARES
  • दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्‍याइयो

    काठमाडौं । झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौं पुर्‍याइएको छ ।

    चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो ।बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो ।

    प्रहरी आवश्यक कागजात मिलाएर शुक्रबार नै म्याद थपका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ । प्रहरी भ्यानमा रहेका प्रसाईंको तस्विर र भिडियो भने मिडियाले कैद गर्न पाएनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij