काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तारलाई निरन्तरता दिएका छन् । उनले शुक्रबार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । थप हुने मन्त्रीमा कांग्रेसबाट तीनजना छन् ।
कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाइने भएको छ । उनीहरुको शुक्रबार (आज) शपथ ग्रहण हुने प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ । शर्मा बागलुङबाट विजयी सांसद् हुन्, श्रेष्ठ कांग्रेस नेता गोपालमान श्रेष्ठका स्वकीय सचिवसमेत रहेका थिए भने विक मुख्यमन्त्री निकटस्थ मानिन्छन् ।
माओवादीले तीन मन्त्रीमा चन्द्र बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीसमक्ष नाम पठाएको छ । माओवादी सांसद पनि आजै मन्त्रीमा नियुक्त भए पनि शपथबारे टुंगो लागेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij