Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रियलमी वाच ‘एस’ भेरियन्टको घडी नेपाली बजारमा

रियलमी वाच ‘एस’ भेरियन्टको घडी नेपाली बजारमा

  • श्रावण ८, २०७८ शुक्रवार १३:१५ बजे
  • 602
    SHARES
  • रियलमी वाच ‘एस’ भेरियन्टको घडी नेपाली बजारमा

    काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ। रियलमी एआईओटी उत्पादन अन्तर्गतको यो रियलमी गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो । 

    images

    कम्पनीका अनुसार ३।३ सेमिको ठूलो रंगीन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ ।  यसैगरी रियलमी  वाच ‘एस’ स्मार्टघडीले मुटुको वास्तविक गति मापन र शरीरमा अक्सिजनको स्तर मापन गर्न सक्दछ । नेपाली बजारमा यसको मूल्य ९ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

    यसका विशेषताः
    रियलमीका अनुसार रियलमी  वाच ‘एस’ रगिंन ३६० ह ३६० पिक्सल ९२७८ पीपीआई उच्च रिजोलुसनका साथ उपलब्ध छ । 

    यसको आयतन वर्ग डायल प्रदर्शन क्षेत्र १५७ प्रतिशतसम्म उच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामा थप मनमोहक तुल्याएको छ।

    रियलमी वाच ‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ।

    रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाइनरसँगको सहकार्यमा रियलमी वाच एस को ट्रेन्डी डायलहरु डिजाइन गरिएको कम्पनीको भनाइ छ । 

    रियलमी वाच एसको बडी ६०६३ अलुमिनियम अलोयबाट बनेको छ । 

    यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ ।

    कालो, निलो, हरियो र सुन्तला रंग मा यसको स्ट्रापहरु उपलब्ध छन् ।

    २.५ डी कर्निङ गोरिल्ला ग्लासले अधिक टच प्रदान गर्ने कम्पनीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # रियलमी वाच

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology