Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

  • 106
    SHARES
  • वीरगन्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

    रौतहट । पर्सा प्रशासनले बिरगन्जमा लगाएको कफ्र्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।

    कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा  प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत दीपक पटेलले बताए ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिवार साँझ देखि लागू गरिएको कफ्र्यु आदेश निन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कफ्र्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    सोही अनुसार निषेधाज्ञा जारी भएको र उक्त आदेशलाई उल्लघन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारवाही गरिने पर्साका प्रशासकिय अधिकृत पटेलले बताए ।

    पुर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।

    सर्वदलीय बैठकमा पाँच बुँदे सहमति

    जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ। बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए । 

    बैठकमा दोषीमाथि कारवाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन् ।

    हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा उत्पन्न भएको दुई पक्षबीचको झडपलाई लिएर झडपश्चात् वीरगञ्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।

  • सम्बन्धित विषय:

  • # वीरगन्ज

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij