Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

कांग्रेस महामन्त्री थापा सरकारको कामसँग असन्तुष्ट

कांग्रेस महामन्त्री थापा सरकारको कामसँग असन्तुष्ट

  • 149
    SHARES
  • कांग्रेस महामन्त्री थापा सरकारको कामसँग असन्तुष्ट

    काठमाडौंनेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग सहकार्य गर्दा अपेक्षित रुपमा जनताले चाहेका काम पूरा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

    मंगलबार काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा केही कुराहरू बदलाव ल्याउने कुरा तुरुन्त प्रारम्भ हुन्छ भन्ने आशा भएपनि त्यो पूरा हुन नसकेको बताए । 

    उनले भने, ‘नेकपा एमालेसँग मिलेर सरकारमा गयौं । एमालेसँग मिलेर सरकार गएपछि के ठानेका थियौँ भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानका पनि केही कुराहरूमा बदलाव ल्याउने कुरा तुरुन्त काम प्रारम्भ गर्छौं । खासगरी गभर्नेन्समा व्यापक सुधार गर्छौं भन्ने थियो । त्यो पनि ढिला भएको छ ।’

    त्यस्तै उनले २०६० देखि ७० सालसम्मको दश वर्ष माओवादी हिंसाले सृजना गरेको परिणामहरूको व्यवस्थापन गर्दैमा बितेको बताए । अब मुख्य रुपमा काम गर्ने बेलामा आइसकेपछि पनि धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको उनको भनाई छ । 

    उनले भने, ‘अब दौडने बेला भयो । संविधान पनि बन्यो सिस्टम पनि बन्यो । त्यहाँभित्र पनि समस्या त छन् त्यसलाई सम्बोधन गर्ने सच्याउने कुरा त छँदैछ । अब मुख्य रुपमा काम गर्ने बेला आइसकेपछि चाहिँ धेरै ठूलो अलमलको अवस्था सृजना भइरहेको छ ।’ 

    त्यस्तै उनले एमालेभित्रको फोहोर सफा गर्न सहकार्य गरेको भन्दै त्यही मिसिन भने नगएको दाबी गरे ।  

    उनले भने, ‘यत्ति कुरामा विश्वास गर्नुस्, फोहोर सफा गर्न पोखरीमा छिरेका छौँ । त्यसैले बाहिरबाट हेर्दा फोहोर देखिन्छ । तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिँदैनौँ । त्यसकै अंग बन्न गएकै होइन ।’

    देशमा रकेटको गतिमा काम गर्नुपर्ने बेला सरकार ट्याक्टरको गतिमा बढेको भन्दै उनले सरकारले अपेक्षित गति पकड्न नसकेको टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij