Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एआइजी बढुवाका लागि सिफारिस

एआइजी बढुवाका लागि सिफारिस

  • 111
    SHARES
  • एआइजी बढुवाका लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि ६ प्रहरी नायब महानिरीक्षकको नाम सिफारिस गरिएको छ । 

    गृह मन्त्रालयको आज बसेको बढुवा सिफारिस समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा डिआइजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा मनोजकुमार केसी छन् ।

    प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एआइजी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij