Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नवलपरासीमा चितुवाको आक्रमणबाट चारजना घाइते

नवलपरासीमा चितुवाको आक्रमणबाट चारजना घाइते

  • 117
    SHARES
  • नवलपरासीमा चितुवाको आक्रमणबाट चारजना घाइते

    नवलपरासी । पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।

    आज बिहान प्रतापपुर गाउँपालिका–६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवटले बारीमा काम गरिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए । उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ ।

    केवटलाई चितुवाले आक्रमण गरेको चार घण्टापछि फेरि तीन जनालाई आक्रमण गरी घाइते बनाएको पन्तले बताए ।

    उनले भने, ‘केवटको उद्धार गरी उपचार भइरहेको थियो । सो घटनाबारे थप अनुसन्धान गरिरहेको बेला थप तीनलाई आक्रमण गरी घाइते बनाएको जानकारी प्राप्त भयो ।’ चितुवाले प्रतापपुर–६ का दुई र सुस्ताका एक जनालाई घाइते बनाएको प्रनाउ पन्तले जानकारी दिए ।

    उनका अनुसार प्रतापपुरका ३० वर्षीय प्रेमे कोइरीको हातमा, २८ वर्षीय उमालाल कोइरीको खुट्टाको पञ्जामा र सुस्ता गाउँपालिका(५ बस्ने महमद मियाको बाँया हातमा चोट लागेको छ ।

    चितुवाले आक्रमण गरेका सबै उपचारपछि घर फर्किएका छन् ।

    मानिसलाई घाइते बनाएको चितुवालाई इलाका प्रहरी कार्यालय बेलाटारी र प्रतापपुर÷सुस्ताको सवडिभिजन वन कार्यालय बरुवाको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घाइते

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij