Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

आममाफीप्रति नेपालको प्रतिक्रिया- ओलीमा अझै महाराजधिराज प्रवृत्ति देखियो

आममाफीप्रति नेपालको प्रतिक्रिया- ओलीमा अझै महाराजधिराज प्रवृत्ति देखियो

  • 542
    SHARES
  • आममाफीप्रति नेपालको प्रतिक्रिया- ओलीमा अझै महाराजधिराज प्रवृत्ति देखियो

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेतालाई आममाफी दिएकोमा आश्चार्य व्यक्त गरेका छन् । नेपालले ओलीलाई ‘महाराजधिराज’ को संज्ञा दिँदै ओलीले आफैं अकारण कारबाही गर्दै आफैंले माफी दिनु कम्युनिस्ट चरित्र नभएको दाबी गरे । 

    images

    ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो- माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड,’ शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई प्रतिक्रियात्मक शैलीमा भने, ‘हामी गदगद भयौं- वाह, वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच ।  नाँच्नुपर्ने भयो । यही हो प्रगति रु यसैलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?’

    नेपालसहित सांसदलाई स्पष्टीकरण पत्र पठाउनु नै गल्ती थियो नभनेर ओलीले आममाफी दिएँ भन्नु ओलीको चरित्रमा सुधार नआएको टिप्पणी गरे । ‘ओलीले स्पष्टीकरण सोध्नु नै गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो ?,’ नेपालले भने, ‘मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ?’ 

    सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ । ‘मान्छे सुध्रिएलान् भन्यो । आज सुध्रिन्छन् कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो-मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ?,’ नेपालले भने, ‘बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।’

    आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद्मा विश्वासको मत दिएपछि त्यसको भोलिपल्ट बसेको एमालेको १० औं केन्द्रीय कमिटीको बैठकले नेपालसहित २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । एमाले केन्द्रीय कार्यालयले बुधबार ती सांसदलाई पत्र पठाएको थियो । जसको जवाफ बिहीबार दिउँसो संस्थापनपक्षलाई उनीहरुले पठाइसकेका छन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology