Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित

जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित

  • 124
    SHARES
  • जसपा नेपालको कोशी प्रदेश अन्तर्गतका एघार पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । कोशी प्रदेश अन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ ।

    ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ ।

    यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढीगाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ । अग्नीकुलुङको अध्यक्षतामा १५ सदस्यीय सोलुखुम्बुको महाकुलुङ गाउँ समिति निर्वाचित भएको छ ।

    योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ । मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवानगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij