Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बिहारमा कोसी बाँध भत्किँदा हजारौँ विस्थापित

बिहारमा कोसी बाँध भत्किँदा हजारौँ विस्थापित

  • 806
    SHARES
  • बिहारमा कोसी बाँध भत्किँदा हजारौँ विस्थापित

    सिरहा । भारतको बिहारस्थित सप्तकोसी नदीको तटबन्ध भत्किएपछि हजारौँ नागरिकहरु विस्थापति भएका छन् ।

    बिहार राज्यको सुपौल जिल्लाअन्तर्गत सिकरहाटामा सप्तकोसी नदीको तटबन्ध शुक्रबार बिहान भत्किएपछि सुपौल र मधुवनी जिल्लाका झण्डै २ हजार मानिस विस्थापित भएका छन् ।

    सुपौल जिल्लाका डिएम महेन्द्र कुमारकाअनुसार बाढीले दूधैला, दिघिया, बैला, सतोखर्ड लगायत गाउँ जलमग्‍न भएको छ । उनकाअनुसार बाढीका कारण झन्डै २ हजार परिवार विस्थापित भएका छन् ।

    विस्थापित परिवारहरु भारतीय राष्ट्रिय राजमार्ग (एनएच ५७) सहित अग्लो स्थानमा आश्रय लिइरहेका डिएमले जानकारी दिए ।

    'घटनापछि तत्काल तटबन्ध पुनर्निर्माणको कार्य थालिएको छ', उनले भने । उद्वारको काम पनि सुरु गरिएको बताइएको छ ।

    भारतीय अधिकारीहरुकाअनुसार उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरी पुनर्निर्माणको काम भइरहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij