वेबटिभी खबर
काठमाडौं । इण्डियन आइडल सिजन १२ का विजेता पवनदीप राजन कार दुर्घटनामा परेर गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार सोमबार दुर्घटनामा परेको थियो ।
सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका अन्य दुई साथीहरु पनि घाइते छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij