Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

ओलम्पिकमा सुटिङकी कल्पनाले बनाइन राष्ट्रिय किर्तिमान

ओलम्पिकमा सुटिङकी कल्पनाले बनाइन राष्ट्रिय किर्तिमान

  • श्रावण ९, २०७८ शनिवार ०८:३४ बजे
  • 829
    SHARES
  • ओलम्पिकमा सुटिङकी कल्पनाले बनाइन राष्ट्रिय किर्तिमान

    काठमाडौं– टोकियो ओलम्पिक २०२० सुटिङकी कल्पना परियारले राष्ट्रिय किर्तिमान बनाएकीछन्। उनले महिला १० मिटर एयर राइफल इभेन्टमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।  कल्पनाले छनोट चरणमा ६ सय १६.८ स्कोर बनाउँदै कीर्तिमान राखेकी हुन् ।

    images

    १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले नै ६ सय १४.५ स्कोरसाथ कीर्तिमान आफ्नो नाम गरेकी थिइन् । शनिबार आसाका सुटिङ रेन्जमा कल्पनाले ६ सय १६.८ स्कोर गरेपनि अन्तिम चरणमा भने स्थान बनाउन सकिनन् । कल्पना समग्रमा ४६ औं स्थानमा रहिन् ।

    छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन् । कल्पनाले पहिलो सिरिजमा १०२.२, दोस्रोमा १०५.४ तथा तेस्रोमा १०१.१ स्कोर गरेकी थिइन् । चौथोमा १०४.१ र पाँचौमा १०३.४ स्कोर गरेकी उनके अन्तिम सिरिजमा भने कमजोर प्रदर्शन गरिन् । 

    अन्तिम सिरिजको पाँचौ प्रहारमा ८.८ स्कोर हुँदा समग्रमा जम्मा १००.७ स्कोर जोडिन् । समग्रमा ६ सय १६.८ स्कोरसहित उनी राष्ट्रिय कीर्तिमान कायम गर्न भने सफल भइन् । इभेन्टमा ५० जनाको सहभागिता थियो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology