Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

ग्याम्पर ट्रफीका लागि  रोनाल्डो र मेस्सी एकअर्का विरुद्ध मैदान उत्रने पक्का 

ग्याम्पर ट्रफीका लागि  रोनाल्डो र मेस्सी एकअर्का विरुद्ध मैदान उत्रने पक्का 

  • श्रावण ९, २०७८ शनिवार ०८:४४ बजे
  • 549
    SHARES
  • ग्याम्पर ट्रफीका लागि  रोनाल्डो र मेस्सी एकअर्का विरुद्ध मैदान उत्रने पक्का 

    एजेन्सी – बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको लागि युभेन्ट्ससँग खेल्ने पक्का भएको छ । यस समरको जोन ग्याम्पर ट्रफी खेल्न बार्सिलोनाको यो प्रस्तावलाई युभेन्ट्सले स्वीकार गरेको छ। 

    images

    यो खेल ८ अगस्टमा हुने छ । युभेन्ट्स सहमत भएसँगै विश्व फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्त पुनः एक पटक देख्न पाइनेछ । तर, मेस्सीले बार्सिलोनासँग सम्झौता नविकरण गरिसकेका छैनन् । मेस्सी जुनको अन्त्यसँगै फ्रि एजेन्ट बनेका छन् ।

    बार्सिलोना र युभेन्टसले गत सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेलमा प्रतिस्पर्धा गरेका थिए । यस खेलका लागि बार्सिलोनाले २० प्रतिशत समर्थकलाई मैदानमा प्रवेश गराउने निर्णय गरेको छ । 

    युभेन्ट्सले १६ वर्षपछि जोन ग्याम्पर कप खेल्न लागेको हो । युभेन्ट्सले पछिल्लोपटक २००५ मा खेलेको थियो । 
    क्याटलान क्लब बार्सिलोनाको यो वार्षिक कार्यक्रम हो । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology