Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरु पनि थपिए : मन्त्री लामिछाने

सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरु पनि थपिए : मन्त्री लामिछाने

  • 228
    SHARES
  • सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरु पनि थपिए : मन्त्री लामिछाने

    काठमाडौं । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरु बढेको हुनाले सुरक्षामा चुनौती थपिएको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एआईको प्रविधि भित्रिएसँगै चुनौतीहरु पनि बढेको भन्दै यस विषयमा अझ बढि काम गर्नुपर्ने बताएका हुन् । मन्त्री लामिछानेले भने, ‘एआईको प्रविधि भित्रिएसँगै त्यसका चुनौतीहरुको विषयमा अझ काम गर्नुपर्ने छ । यसबारेमा धेरै चर्चा भएको छ जस्तो लाग्दैँन् । सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरु बढि रहेको छ । यसले पनि सुरक्षामा चुनौती थपिएको छ । यस बारेमा सरकारले धेरै कामहरु गर्नुपर्ने छ ।’

    यस्तै, उनले देश डिजिटल तर्फ बढ्दै गर्दा नागरिकहरु पछाडी छुट्ने हो की भन्ने चिन्ता पनि रहेको भन्दै सबैलाई साथमा लिएर जाने हिसाबले पनि सरकारले काम गर्नुपर्ने बताए । आजको समाज कता जादैँछ, प्रदेश सरकारसँगको अपेक्षा के हो भन्ने कुरामा स्पष्ट हुनको लागि आजको कार्यक्रम भएको भन्दै यसबाट निश्चित रुपमा केही निष्कर्ष आउनले पनि उनको भनाई छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij