साइनो नेपाली मनमाटोमा मस्तिष्कले खोस्रेर जन्माएको नवीन शैलीको कविता हो । नेपाली भाषाको मौलिक शब्द साइनोको शाब्दिक अर्थ नाता/सम्बन्ध हो । यो अर्थ विस्तार भई साहित्यिक सिर्जनात्मक प्रयोग हुँदै देश-विदेश फैलिरहेको छ ।
कविताको उपविधा साइनोको पहिलो सिर्जनात्मक प्रयोग मिति : २०७६ /४/ १६मा छायादत्त न्यौपानेबाट
मान्छे छैन इमानी
न सहरमा धन छ
न त झोपडीमा पिसानी !
समाजिक सञ्जाल (फेसबुक) मार्फत सार्वजनिक भएको हो । यो सात,आठ र नौ अक्षरका तीन शब्दगुच्छा÷पंक्तिमा रचिन्छ । कविता भएकाले बिम्व, प्रतीक, ध्वनि, व्यञ्जना यसमा पनि रहन्छन् । नेपाली भाषाको प्रचलित मान्यताका नियम र लेख्य चिन्हको उचित उपयोग गर्नुपर्ने हुन्छ । सामान्यतः शिरमा साइनो र अन्तिममा ?/! जस्ता चिन्ह अपेक्षित नरहेको अवस्थामा पूर्णविरामको प्रयोग गरिन्छ ।
साइनो सिर्जनाले अरु धेरै स्रष्टाहरू नवीन प्रयोगका लागि उत्प्रेरित गरेको छ । यसले व्यस्त पाठक तथा साहित्यप्रेमीहरूलाई साहित्यिक स्वाद दिनु यसको उद्देश्य रहेको छ । यसमा व्यङ्ग्य चेतनाले थप प्रभाव दिइरहेको हुन्छ ।
हेरौं केही उदाहरण :
अगस्तिको शासन
खाल्डाखुल्डीमा जनता
सुझबुझ विवेक स्वाहा ! –छायादत्त न्यौपाने
कसैको मन खुसी
कसैको मन खिन्न छ
अनुभव भिन्न भिन्न छ ।– केशव ज्ञवाली
देश जलिरहेछ
बढे दुखी लप्काहरू
बेफुर्सद ढलेको मान्छे !– खेमलाल पोखरेल
साइनो दुई वर्षमा विशशेषांकसमेत विभिन्न उन्नाइसवटा पत्रपत्रिकामा साइनो सम्बन्धी लेख÷रचना प्रकाशित भएका छन् र चारवटा साइनो संग्रह, दुईवटा संयुक्त साइनो संग्रह पुस्तकाका कृतिहरू प्रकाशित छन् । अहिलेसम्म साइनो नेपाली ,संस्कृत, थारु, अछामी, हिन्दी, अंग्रेजी, मलेसियन भाषाहरूमन लेखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology