Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गृहमन्त्री लेखक र भाजपा नेता कोसियारीबीच भेटवार्ता

गृहमन्त्री लेखक र भाजपा नेता कोसियारीबीच भेटवार्ता

  • 159
    SHARES
  • गृहमन्त्री लेखक र भाजपा नेता कोसियारीबीच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीबीच भेटवार्ता भएको छ । भैँसेपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोसियारीले मन्त्री लेखकसँग भेट गरेका हुन् ।

    भेटमा मन्त्री लेखकले भारतको  जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकार आतंकवादी हमलाको विरुद्धमा रहेको स्पष्ट पारे । आतंकवाद विरुद्धको लडाइँमा नेपाल सधैं साथमा रहने उल्लेख गर्दै मन्त्री लेखकले छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता व्यक्त गरे ।

    मन्त्री लेखकले नेपाल–भारत बिचको सदियौँ देखिको मित्रवत सम्बन्ध थप सुदृढ गर्दै लैजाने विषयमा भारतीय जनता पार्टीका वरिष्ठ नेता कोसियारीसँग कुराकानी भएको बताए । सो भेटका अवसरमा भारतीय जनता पार्टीका वरिष्ठ नेता  कोसियारीले नेपाल र भारतबीच सदियौँदेखि सम्बन्ध रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध थप मजबुत गर्दै लैजानेमा जोड दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij