Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

विपिन भारद्वाजका तीन गजल

विपिन भारद्वाजका तीन गजल

  • 1.3K
    SHARES
  • विपिन भारद्वाजका तीन गजल

                      गजल– १

    images

    र आमालाई मुस्कुराउने अवसर आएको छ  । 
    आज हराएको छोरो फर्केर घर आएको छ  ।

    ईश्वर तँ तेरैमात्र नै जयजयकार चाहान्थिस्
     हेर! सुदुरमा शक्तिशाली मोटर आएको छ ।

    मृत्यु छेवै उभिँदा कति पनि अत्यास लागेन 
    तिम्रो बिहेको खबर लिएर हो डर आएको छ ।

    नचाहाँदा नचाहँदै बालाई क्यान्सरले लग्यो
    ममा हो मनभित्रै प्रेम रोगको रहर आएको छ । 

    शत्रु! मेरो प्रगतिले तँ जल्नुपर्छ भनेको थिएँ
    आगलागीमा उ मरेको खबर भर्खर आएको छ  ।

     

                       गजल– २

    दुइमुटु एक हुने रहर त्यो बिन्दुसम्म पुगेर सकियो 
    तिमिभित्र म बसेझैं जब धागो फुलभित्र छोपियो ।

    बिन्ती छ ! बोटमा चोट पर्दैमा फूल नफुल्ला नभन्नु  
    बा बितेपछि आमा सेतै फुल्नुभएको पनि देखियो ।

    र बदलामा मलाई पनि तिम्रो मन नजलाऊँ लागेन 
    रोइदिएँ ! मसँग प्रज्ज्वनशील पदार्थ आँसुमात्र थियो ।

    घरको पश्चिम भित्ताले घामको जवानी देख्नै पाएन
    बधाई दिउँदिउँ लाग्यो ! ऊ बर्बाद हुनबाट जोगियो । 

     

                  गजल– ३

    जब परिचय हुनथाल्छ कुनै पराइसँग
    पहिलै प्रश्न सम्बन्धित गर्छ कमाइसँग  ।

    सानोमा खुब खेलाउनुहुन्थ्यो बा मलाई 
    अचेल एक्लै खेलिरहनुहुन्छ दबाईसँग  ।

    चोट आफ्नैले दिन्छन भन्ने बुझेपछि
    रुख डराइरहेछ एक काटी सलाईसँग  ।

    पसलमा ऋणमात्र आफन्त हो आमाको
    छोरो भने सम्बन्ध जोडिरहन्छ मिठाइसँग  ।

    परेवा बिस्कुन हेर्दछ, गिद्ध देख्छ सिनो
    सोच समान हुदोरैन उडानको उचाईसँग  । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology