Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ब्राजिलमा बढ्दै कोरोना कहर, एकैदिन एक लाख आठ हजार संक्रमित 

ब्राजिलमा बढ्दै कोरोना कहर, एकैदिन एक लाख आठ हजार संक्रमित 

  • 727
    SHARES
  • ब्राजिलमा बढ्दै कोरोना कहर, एकैदिन एक लाख आठ हजार संक्रमित 

    ब्राजिल । ब्राजिलमा २४ घन्टा यता एक लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    त्यहाँका स्वास्थ्य अधिकारीका अनुसार यो अवधिमा एक लाख ८ हजार नयाँ संक्रमित थपिएका हुन् । 

    कोरोना संक्रमित बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । यो अवधिमा १३ सय २४ जनाको निधन भएको स्थानीय अधिकारीले बताएका छन् । योसमेत संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गइसकेको छ । 

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमित हुनेको संख्या बढेको जनाएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ । 

    ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको पाइएको छ । अमेरिकापछि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल दोस्रो नम्बरमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij