Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रको हो : अध्यक्ष प्रचण्ड

संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रको हो : अध्यक्ष प्रचण्ड

  • 87
    SHARES
  • संघीय लोकतान्त्रीक गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी माओवादी केन्द्रको हो : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा रहेको र त्यसको रक्षाको जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् ।

    मध्य पहाडी लोकमार्ग अभियान अन्तर्गत रूकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै मंगलबार प्रचण्डले एउटा नयाँ संघर्ष सुरु भएको भन्दै गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने, ‘फेरी एउटा नयाँ वहस, फेरी एउटा नयाँ संघर्ष सुरु भईसकेको छ हामीले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रीक गणतन्त्र धरापमा पार्ने षणयन्त्र भईराखेको छ । यसको रक्षा गर्ने जिम्मा यसको निर्माण गर्नेहरुको काधमा नै मूख्यरुपमा हुन्छ जसले संघीय लोकतान्त्रीक गणतन्त्र भनेर महिला, उत्पिडीत वर्गको पहिचान दियो यसलाई जन्म दियो । त्यसको रक्षा गर्ने जिम्मेवारी पनि माओवादी केन्द्र कै हुन्छ । माओवादी केन्द्रले त्यो हिम्मत गरेन भने यो सम्पूर्ण व्यवस्था कोल्याप्स हुने खतरा हुन पनि सक्छ ।’

    उनले संघीय लोकतान्त्रीक गणतन्त्र जनताको गणतन्त्र बन्ने हो कि दलालहरु, नोकरशाहहरु, गणतन्त्र हुने भन्ने बैचारिक लडाई सुरु भएको बताए । ‘संघीय लोकतान्त्रीक गणतन्त्र महिला, दलित, आदिवासी, जनजाती, मजदुर किसान मधेशी, मुस्लिम, थारु सबैको हित संरक्षण गर्ने जनताको गणतन्त्र बन्ने हो कि यो दलालहरु, नोकरशाहहरु, बिचौलियाहरु, जाली भटाहाहरुको गणतन्त्र हुने हो भन्ने लडाई अहिले देशमा बैचारिकरुपले गर्न सुरु गरिसकेको छ,’अध्यक्ष प्रचण्डले भने । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij