Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

रोनाल्डो युभेन्टसमै बस्ने, सम्झौता नविकरण गर्लान? 

रोनाल्डो युभेन्टसमै बस्ने, सम्झौता नविकरण गर्लान? 

  • श्रावण १०, २०७८ आइतवार ०९:२७ बजे
  • 428
    SHARES
  • रोनाल्डो युभेन्टसमै बस्ने, सम्झौता नविकरण गर्लान? 

    एजेन्सी– पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो युभेन्टसमै बस्ने भएका छन्। क्लबका उपाध्यक्ष पावेल नेवेदले क्रिस्टियानो रोनाल्डो यस सिजन क्लबमै बस्ने बताएका हुन् ।

    images

    रोनाल्डोले यो समरमा युभेन्टस छोड्ने तयारी गरेको समचार सार्वजनिक भइरहेका छन्। तर, क्लबले भने रोनाल्डो आगामी सिजन कतै नजाने स्पष्ट पारेको छ। 

    फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रोनाल्डोलाई अनुबन्ध गर्न चाहेको चर्चा छ । युभेन्ट्ससँग रोनाल्डोको सम्झौता सकिन एक वर्ष बाँकी छ ।

    क्लबका उपाध्यक्ष नेवेदले ३६ वर्षिया फरवार्ड कतै नजाने उल्लेख गर्दै बिदा सकेर अर्को हप्ताबाट उनले तयारी सुरु गर्ने बताएका छन् ।

    उनका अनुसार रोनाल्डोलाई जुलाइ २६ मा बोलाइएको छ । उनी सोमबार फर्कने र क्लबमै रहने उनको भनाइ छ।  रोनाल्डोले सन् २०१८ मा रियल मड्रिडबाट टुरिन क्लब आएका थिए । उनले सिरि ए आएपछि ९७ खेलमा ६१ गोल गरेका छन्। उनले गत सिजन समेत ३३ खेलमा २९ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology