Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रचण्डलाई भीम रावलको जवाफ– म ढलेको हैन, एमाले विभाजन गर्नेहरुको विपक्षमा उभिएको हुँ

प्रचण्डलाई भीम रावलको जवाफ– म ढलेको हैन, एमाले विभाजन गर्नेहरुको विपक्षमा उभिएको हुँ

  • 598
    SHARES
  • प्रचण्डलाई भीम रावलको जवाफ– म ढलेको हैन, एमाले विभाजन गर्नेहरुको विपक्षमा उभिएको हुँ

    काठमाडौं । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भीम रावलकाबारेमा दिएको अभिव्यक्तिको रावलले खण्डन गरेका छन् ।  प्रचण्डले शनिबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपा संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले,‘ गठबन्धनका केही साथीहरु ढलेको,’ भन्ने अभिव्यक्तिप्रति दिएपछि रावलले यसको प्रतिवाद गरेका हुन् ।

    images

    प्रचण्डले गठबन्धनमा राम्रो भूमिका खेलेका नेताहरु पनि नपत्याउँदो ढ‌ंगले ढलेको बताएपछि रावलले यसको खण्डन गरेका हुन् । एमाले उपाध्यक्ष रावलले प्रचण्डलाई एमाले विभाजन गर्न खोजेको आरोप पनि लगाएका छन् । 

    ‘प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर म ढलेको हैन नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ’

    ‘यो गठबन्धन भत्काउन कसरत हुँदा केही साथीहरु नपत्याउँदो किसिमले ढल्दिनु भयो। राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पीरिटका साथ काम गरेका साथीहरु पनि ढले। त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन्,’ भीम रावलको नाम नलिएर प्रचण्डले भनेका थिए । 

    प्रचण्डको यस्तो अभिव्यक्तिपछि शनिबार साँझ विज्ञप्ति निकाल्दै रावलले आफू ढलेको नभइ एमाले ढाल्ने षडयन्त्रविरुद्ध उभिएको बताएका हुन् । ‘प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर म ढलेको हैन नेकपा एमालेलाई ढाल्ने षड्यन्त्रविरुद्ध स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ’,रावलले प्रचण्डको अभिव्यक्तिको खण्डन गरेका छन् । 

    ‘कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका हैनन्’, रावलले भनेका छन्, ‘साझा स्वार्थ मिल्दासम्म सहकार्य गर्ने मात्रै हो।’ रावलले वक्तव्यमार्फत प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसी लगायतका विषयमा कुरा गर्ने मौका समेत नदिएको आरोप लगाएका छन् ।

    ‘एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिइ राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु विधि र गठबन्धन संस्कृति हो ?,’ रावलले प्रचण्डलाई प्रश्न गरेका छन् ।  आफूले सांसद पदबाट दिएको राजीनामालाई पाँच दलको गठबन्धन फुटाउने खेल भन्ने प्रचण्डको तर्क हाँस्यास्पद र मनगढन्ते रहेको रावलको प्रतिक्रिया छ ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology