Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

आगलागीमा एक महिलाको मृत्यु

आगलागीमा एक महिलाको मृत्यु

  • 83
    SHARES
  • आगलागीमा एक महिलाको मृत्यु

    लमजुङ । सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित एक घरमा आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार भरत थापाको घरमा आगलागी हुँदा भाडामा बस्दै आएकी महिलाको जलेर मृत्यु भएको हो ।

    मृत्यु हुनेमा दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापा रहेकी छन् । आज बिहान करिब ३ः३० बजे आगलागी भएपछि र प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij