Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

१.२७ प्रतिशतले बढ्यो नेप्से, सात वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट

१.२७ प्रतिशतले बढ्यो नेप्से, सात वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट

  • श्रावण १०, २०७८ आइतवार १३:५३ बजे
  • 656
    SHARES
  • १.२७ प्रतिशतले बढ्यो नेप्से, सात वटा कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट

    काठमाडौं । साताको पहिलो कारोबारका दिन आइतबार कारोबारको दोस्रो घण्टामा नेप्से परिसुचक १.२७ प्रतिशतले उकालो लागेको छ ।  आइतबार ३०१७.५६ बिन्दुबाट सुरु भएको बजार कारोबारको दोस्रो घण्टामा ३८.०२ अंकले बढेर ३०४२.३५ बिन्दुमा पुगेको हो । 

    images

    यस अवधिमा कारोबारमा आएका २ सय १४ वटा कम्पनीको ६७ हजार १ सय पटकको कारोबारमा २ करोड ४७ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबारको दोस्रो घण्टामा सात वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने २ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएको छ । 

    यस अवधिमा विशाल बजार कम्पनी, ङादी ग्रुप पावर, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, जोशि हाइड्रो पावर डेप्लप्मेन्ट कम्पनी र हिमालय उर्जा विकास कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।  यस्तै राधि विद्युत कम्पनी लिमिटेड र कालिका पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology