Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कांग्रेस मन्थली-काठमाडौं सम्पर्क समितिद्वारा मृगौलापीडित चौहानलाई आर्थिक सहयोग

कांग्रेस मन्थली-काठमाडौं सम्पर्क समितिद्वारा मृगौलापीडित चौहानलाई आर्थिक सहयोग

  • 660
    SHARES
  • कांग्रेस मन्थली-काठमाडौं सम्पर्क समितिद्वारा मृगौलापीडित चौहानलाई आर्थिक सहयोग

    काठमाडौं । नेपाली कांग्रेस मन्थली-काठमाडौं सम्पर्क समितिले मृगौलापीडित दिलबहादुर चौहानलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । रामेछाप जिल्ला मन्थली-१० स्थायी घर भएका चौहान १ वर्षदेखि मृगौला सम्बन्धी रोगबाट पीडित चौहानलाई समितिले आर्थिक सहयोग गरेको हो ।

    images

    हाल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएका चौहानलाई नेपाली कांग्रेस रामेछाप प्रदेख ‘ख’ का सभापति विनोद कार्की, कांग्रेस रामेछाप जिल्ला कार्यसमिति सदस्य कपिल कार्की, मन्थली-१० का इकाई सभापति गोपीलाल तमाङ, सम्पर्क समितिका सभापति मोहन बुढाक्षेत्री लगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

    सम्पर्क समितिको नेतृत्वमा संकलित १ लाख २० हजार १ सय १० रुपैयाँ शनिबार हस्तान्तरण गरिएको हो । सम्पर्क समितिमार्फत् ३१ जना दाताले स्वैच्छिक रुपमा सहयोग गरेको उक्त रकमले चौहानको उपचारमा सहयोगका साथै बिरामीको मनोबल बढ्ने रामेछाप प्रदेश ‘ख’ का सभापति कार्कीले बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology