Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • 101
    SHARES
  • बैतडीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    बैतडी । बैतडीमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको भीरबाट लडेर मृत्यु भएको हो भने अर्काको ट्रकको ठक्करबाट ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेब बडूका अनुसार भीरबाट लडेर दशरथचन्द नगरपालिका-६ टाककी ७० वर्षीया धनपती नाथ र ट्रकको ठक्करबाट सुर्नया गाउँपालिका-५ बिष्टपालीका ८१ वर्षीय महावीर बिष्टको मृत्यु भएको हो ।

    घर नजिकैको जंगलमा घाँस काट्न गएकी नाथ लडेर गम्भीर घाइते भएका थिए । उनको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    यसैगरी, धनगढीबाट बिष्टपालीतर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ क १८१३ नम्बरको मिनी टाटाले बाटोमा हिँडिरहेका विष्टलाई ठक्कर दिएको थियो ।

    गम्भीर घाइते भएका उनको उपचारका लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । प्रहरीले ट्रक  र चालकलाई नियन्त्रणमा लिएको छ । 

  • सम्बन्धित विषय:

  • # बैतडी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij