Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जंगली च्याउँ खादा अछाम तीनजना बिरामी

जंगली च्याउँ खादा अछाम तीनजना बिरामी

  • 110
    SHARES
  • जंगली च्याउँ खादा अछाम तीनजना बिरामी

    अछाम । अछाममा जंगली च्याउँ खाँदा तीन जना बिरामी परेका छन् । आफ्नो घर नजिकै रहेको जंगलमा खेल्ने क्रममा आज विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेका प्रहरीले जनाएको छ । 

    जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले  तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # बिरामी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij