Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

ट्याक्टरको ठक्करले चार वर्षीया बालिकाको निधन

ट्याक्टरको ठक्करले चार वर्षीया बालिकाको निधन

  • 205
    SHARES
  • ट्याक्टरको ठक्करले चार वर्षीया बालिकाको निधन

    सर्लाही । सर्लाहीको बागमती नगरपालिका–८, सोल्टीको विष्ट टोलमा हिजो साँझ ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मंगलबार साँझ पौने ७ बजेतिर ना. २ त २८७ नम्वरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँकी चार वर्षीया प्रनिसा विष्टको मृत्यु भएको हो । 

    ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई दयन्ती अस्पताल नयाँरोडमा प्राथमिक उपचार गरी थप उपचारका लागि बयोधा अस्पताल वीरगन्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

    ट्याक्टरसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ । प्रत्यक्षदर्शीका अनुसार अनियन्त्रित गतिमा गुडेको ट्याक्टरले बालिकालाई बाटो काट्न खोज्दा ठक्कर दिएको हो । मृतक बालिकाको शव वीरगन्जमै रहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ट्याक्टर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij