Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कालीकोटमा कोभिड-१९ को संक्रमण बढ्याे

कालीकोटमा कोभिड-१९ को संक्रमण बढ्याे

  • 442
    SHARES
  • कालीकोटमा कोभिड-१९ को संक्रमण बढ्याे

    मान्म ।  कालीकोटमा पछिल्लो चरणमा कोभिड-१९ संक्रमणको दर बढ्दै गएको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै कोभिड-१९ को संक्रमण बढ्दै गएको हो । निषेधाज्ञा खुकुलो बनाएका कारणले नागरिक तथा सरोकारवाला निकायले कोभिड-१९ को मापदण्ड पालना नगर्दा कोभिडको संक्रमण दर बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

    images

    शनिबार २३ व्यक्तिको परीक्षण गर्दा १३ मा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमिक्त व्यवस्थापक कटकबहादुर महतले बताए । उनले भने, ‘केही समयअघि शून्यमा झरेको कोभिड-१९ को संक्रमण दर पछिल्ला दिनमा बढ्दै गएको छ ।’

    संक्रमण दर बढ्दै गएकाले जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले आजदेखि यही साउन २१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 

    ‘शैक्षिक संस्था, सबै प्रकारका सभा, जुलुश, र्याली, गोष्ठी, तालीम, सेमिनार, प्रदर्शन, भेला, सम्मेलन र सबै प्रकारका खेल प्रस्तुतिमा रोक लगाइएको छ’, उनले भने, ‘जिल्लामा कोभिड-१९ को महामारीको संक्रमण दर बढ्दै गएका कारणले जोखिम न्यूनीकरणका लागि निषेधाज्ञा जारी गरिएको हो ।’

    हाल जिल्लामा सक्रिय संक्रमित ७८ जना रहेका र त्यसमध्ये ३७ महिला र ४१ पुरुष रहेका छन् । तीमध्ये कोभिड–१९ विशेष अस्पतालमा २० को उपचार भइरहेको, आइसोलेशन सेन्टरमा २५ को उपचार भइरहेको र होम आइसोलेशनमा ३३ जना रहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology