Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

  • 192
    SHARES
  • तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी

    रौतहट । रौतहटको गौर नगरपालिका वडा नं ६ सबगढामा रहेका तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ । चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन् ।

    प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराती तिन घरमा चोरी भएको देखिएको छ । तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए ।

    चोरीको घटना भएको स्वीकार गर्दै उनले चोरहरुको खोजी कार्य भैरहेको बताए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # चोरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij