Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माधव नेपालको दाबी : पतञ्जलीको जग्गा प्रकरणमा म निर्दोष छु

माधव नेपालको दाबी : पतञ्जलीको जग्गा प्रकरणमा म निर्दोष छु

  • 132
    SHARES
  • माधव नेपालको दाबी : पतञ्जलीको जग्गा प्रकरणमा म निर्दोष छु

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यकर्ता भेलामा उनले पतञ्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै कानुनी उपचारका लागि छिट्टै प्रक्रिया सुरु गर्ने बताएका हुन् ।

    अध्यक्ष नेपालले मन्त्रिपरिषद्लाई रहेको नीतिगत निर्णयको अधिकारअनुसार अधिकतम जनताको हितमा स्वास्थ्य सेवा सञ्चालनका लागि पतञ्जलीलाई जग्गा उपलब्ध गराइएको जानकारी दिए ।

    उनले न्यायका लागि कानुनी उपचारमा जान कानुनविद्सँग परामर्श भइरहेको उल्लेख गरे । पूर्वप्रधानमन्त्री नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आफ्नो पार्टीलाई कमजोर बनाउने उद्देश्यले आएको निर्णयप्रति नेता तथा कार्यकर्ता आत्तिन नपर्ने प्रष्ट पारे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij