वेबटिभी खबर
झापा । कनकाई नगरपालिका-२ मा करेन्ट लाग्दा आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् ।
स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उहाँहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् ।
घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आजै कमल गाउँपालिका-२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल छन् ।
आफ्नै घरको बाथरूमबाट निस्कने क्रममा चिप्लिएर लड्दा उहाँ घाइते भएका थिए । उनलाई उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij