Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्रीबाट लिए शपथ

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्रीबाट लिए शपथ

  • 221
    SHARES
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्रीबाट लिए शपथ

    काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (९) बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा आइतबार नियुक्त गरेकी हुन् ।

    भोजपुर घर भएका श्रेष्ठ हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालक साथै प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।

    दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology