Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रण गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रण गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

  • 474
    SHARES
  • कोरोनाको तेस्रो लहरको रोकथाम तथा नियन्त्रण गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

    काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकले कोरोना संक्रमणको तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेकाले यसको रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको छ ।  

    images

    गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आइतबार (आज) सिंहदरबारमा बसेको समितिको बैठकले ३ बुँदे निर्णयमा कोरोनाको तेस्रो लहर नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहने बताएको हो ।

    गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा ,प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री ,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेशप्रसाद अधिकारी, रक्षा मन्त्रालयका कामु सचिव आलोकचन्द्र श्रेष्ठ, गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेललगायत सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । 

    यस्ता छन् समितिले गरेका तीन निर्णय :

    -कोरोनाको तेस्रो लहर बढ्ने सम्भावना उच्च र यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय गरेको हो । त्यस्तै जनताको  स्वास्थ्य सम्बन्धी स्वास्थ्य सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने,

    - बैठकले बाढीपहिरो र डुबानमा परेका समुदायहरुलाई राहतरउद्दार र नियत्रण स्वास्थ्य तथा खाद्य सामग्री सहजीकरण गर्न हेली व्यवस्थापन गर्ने,  

    - पछिल्लो समय साइबर क्राइमका घटना बढी रहेकाले त्यसलाई मध्यनजर गर्दै नियन्त्रण तथा व्यवस्थापन गर्ने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology