Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रदेशको स्रोत र क्षेत्राधिकारमा संघको कब्जा : उपेन्द्र यादव

प्रदेशको स्रोत र क्षेत्राधिकारमा संघको कब्जा : उपेन्द्र यादव

  • 172
    SHARES
  • प्रदेशको स्रोत र क्षेत्राधिकारमा संघको कब्जा : उपेन्द्र यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशसँग स्रोत र जनशक्ति नभएको बताएका छन् । 

    संघीयताको दृष्टिमा आर्थिक वर्ष २०८२।०८३ बजेट छलफल कार्यक्रममा उनले प्रदेशलाई स्रोत र जनशक्ति एकदमै न्यून भएको भन्दै संघले सबै कब्जा गरेर बसेको बताए ।  

    उनले भने, ‘प्रदेशलाई स्रोत पनि छैन् र भएको पनि एकदमै न्यून छ । जनशक्ति छैन्, संघले सबै कब्जा गरेको छ र पावर पनि छैन्, एकदमै सिमित छ । यसले गर्दा जुन लाभ संघीय प्रणालीबाट हुन सक्थ्यो त्यो हुन पाएको छैन् ।’ संघीयता कार्यान्वयन गर्ने भन्ने तर हुन नदिने प्रवृत्ति भएकाले यसलाई सुधार गर्नुपर्ने पनि बताए ।

    उनले भने, ‘सरकारमाथि एउटा आशंका जहिले पनि छ । संघीयता कार्यान्वयन गर्न चाहँदैन । संघीयता कार्यान्वयन नगर्ने हो भने सरकार, दल र नेता प्रष्ट रुपमा अगाडि आउनुपर्‍यो । संघीयता कार्यान्वयन गर्ने पनि भन्ने तर काम भने नगर्ने प्रवृत्ति सुधार गर्नुपर्छ ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij