Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

१० बुँदे सहमतिमा ओली–नेपाल पक्षका थप २७ सांसदको ऐक्यबद्धता जनाए

१० बुँदे सहमतिमा ओली–नेपाल पक्षका थप २७ सांसदको ऐक्यबद्धता जनाए

  • 664
    SHARES
  • १० बुँदे सहमतिमा ओली–नेपाल पक्षका थप २७ सांसदको ऐक्यबद्धता जनाए

    काठमाडौं । नेकपा एमालेको एकता कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गरी आन्तरिक एकता कायम गर्न एमालेका दुवै पक्षका सांसदहरुले दबाब अभियान सुरु गरेका छन् ।

    images

    पार्टीलाई एकतावद्ध बनाउन विघटित एकता कार्यदलका नेताहरुसँग छलफल गरेर एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दबाब अभियान सुरु गरेका हुन् ।

    दबाब अभियानअन्तर्गत आइतबार भएको एउटा छलफलमा दुवै पक्षका गरी २७ जना सांसदको उपस्थिति थियो भने कार्यदलका ९ जना थिए ।

    आइतबार सिंहदरवारमा विघटित कार्यदलका संयोजक तथा सदस्यहरुसँग छलफल गरेपछि दुवै पक्षका सांसदहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

    पार्टी एकतालाई बलियो बनाउन दबाब अभियान सुरु गरिएको ओली पक्षका सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए । यो अभियानमा दाहाल उक्त पक्षका सांसदहरुको नेतृत्व समेत गरिरहेका छन् ।  

    दाहालले भने, ‘पार्टी एकतालाई मजबुत बनाउनका लागि हामी दबाब दिन्छौं । त्यसका लागि सल्लाह पनि दिनेछौं । विघटित एकता कार्यदललाई विश्वास पनि गर्दछौं । शीर्ष तहमा समस्या समाधान छ भने त्यसलाई पनि मिलाउनुहोस् । हामी तपाईंहरुको साथमा छौं । पार्टी भित्रको समस्या समाधान भन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं ।’

    सांसदहरुले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने तर्क समेत गरेका छन् । उनीहरुले विघटित एकता कार्यदलका नेताहरुलाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नेताहरुलाई नभएको भनेर सचेत पनि गराएका छन् ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology