Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

निर्मलाको हत्यारा चाँडो पत्ता लगाउन गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन  

निर्मलाको हत्यारा चाँडो पत्ता लगाउन गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन  

  • 172
    SHARES
  • निर्मलाको हत्यारा चाँडो पत्ता लगाउन गृहमन्त्री र आईजीपीलाई प्रधानमन्त्रीको निर्देशन  

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बालुवाटार बोलाएर निर्मला पन्त हत्याकाण्ड प्रकरणका दोषी चाँडो लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।

    निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको छ । प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी पनि लिएका छन् ।

    प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology